sahvas.

18+ · ADULT READERS

वयस्क पाठकका लागि

यो वेबसाइट १८ वर्ष वा सोभन्दा माथिका पाठकका लागि हो। अगाडि बढेर तपाईं आफ्नो उमेर १८ वर्ष वा सोभन्दा माथि भएको पुष्टि गर्नुहुन्छ।

This website contains mature stories for adults aged 18 and over.

बाहिर जानुहोस् · Leave this site

Your choice is remembered for 30 days in this browser. This acknowledgement is not age verification.

सहवास

गोपनीयता नीति

सहवासमा तपाईंको गोपनीयता

सहवास १८ वर्ष वा सोभन्दा माथिका पाठकका लागि नेपाली कथा पढ्ने र लेख्ने ठाउँ हो। यहाँ वयस्क सम्बन्ध, रोमान्स तथा संवेदनशील विषय भएका साहित्यिक सामग्री हुन सक्छन्। यो नीति सहवासले आफ्नो वेबसाइटका सुविधामार्फत प्राप्त गर्ने जानकारी र त्यसको प्रयोगबारे हो।

हामीले लिने जानकारी

  • खाता: इमेल, सार्वजनिक साहित्यिक नाम, खाता स्थिति र आवश्यक login विवरण। Password सुरक्षित hash का रूपमा WordPress ले व्यवस्थापन गर्छ; सञ्चालकले तपाईंको पुरानो password हेर्न पाउँदैनन्।
  • Google login: तपाईंले रोजेमा Google बाट खाताको परिचय, नाम र प्रमाणित इमेल प्राप्त हुन्छ। तपाईंको Google password हामीले पाउँदैनौँ।
  • लेखन र कुराकानी: तपाईंले पठाएका कथा, मस्यौदा, टिप्पणी, साहित्यिक परिचय र सम्पादकीय प्रतिक्रिया। अतिथि प्रतिक्रियामा नाम आवश्यक र इमेल ऐच्छिक हुन्छ।
  • प्रोफाइलको थप विवरण: तपाईंले स्वेच्छाले दिएको देश, रुचि वा website र verification अनुरोध। यी थप विवरण सार्वजनिक परिचयमा स्वतः देखिँदैनन्।
  • सम्पर्क र subscription: नाम, इमेल, सम्पर्कको कारण, सन्देश, subscription पुष्टि तथा marketing सहमतिको अवस्था।
  • पढाइ: खातामा जोडिएको संग्रह, पढाइको प्रगति, इतिहास, प्रतिक्रिया र पछ्याइएका लेखक। Browser मा पनि पढाइका सेटिङ तथा स्थानीय संग्रह सुरक्षित हुन सक्छन्।
  • सुरक्षा: अनुरोधका प्राविधिक विवरण र आवश्यक दर नियन्त्रण संकेत। WordPress वा hosting ले IP address, समय, browser विवरण र सुरक्षा logs राख्न सक्छ।

कुन कुरा सार्वजनिक हुन्छ?

प्रकाशित कथा, रोजिएको लेखक नाम, सार्वजनिक परिचय र स्वीकृत टिप्पणी पाठकले देख्न सक्छन्। खाता इमेल, अतिथि प्रतिक्रियाको इमेल र निजी सम्पर्क सन्देश सार्वजनिक हुँदैनन्। “अज्ञात लेखक” रोजेको कथामा सार्वजनिक नाम र लेखक पानाको लिंक लुक्छ; सम्पादकीय समीक्षा र सुरक्षाका लागि सञ्चालकले वास्तविक खाता चिन्न सक्छन्। यसले hosting वा कानूनी प्रक्रियाबाट पूर्ण अज्ञात रहने ग्यारेन्टी दिँदैन।

जानकारी किन प्रयोग हुन्छ?

खाता सुरक्षित राख्न, कथा समीक्षा र प्रकाशन गर्न, प्रतिक्रिया व्यवस्थापन गर्न, पढाइको सुविधा दिन, अनुरोध सम्बोधन गर्न र दुरुपयोग रोक्न जानकारी प्रयोग हुन्छ। “Profile पूरा” भन्ने अवस्था र सञ्चालकले दिएको verification चिन्ह फरक हुन्। चिन्हले सरकारी परिचय, उमेर वा लेखकको हरेक दाबी प्रमाणित भएको अर्थ दिँदैन।

Marketing र साप्ताहिक इमेल

Marketing का लागि छुट्टै सहमति आवश्यक छ। Newsletter मागेपछि इमेलको पुष्टि गर्नुपर्छ; पुष्टि र सहमति बिना साप्ताहिक newsletter पठाइँदैन। सामान्य पढ्ने निमन्त्रणा, नयाँ कथाको लिंक र साइटसम्बन्धी सूचना email मा हुन सक्छन्। Email मा ग्राफिक सामग्री वा कथाको स्पष्ट वयस्क अंश स्वतः समावेश गरिँदैन; लिंक खोल्दा वेबसाइटमा वयस्क सामग्री हुन सक्छ। प्रत्येक newsletter को unsubscribe विकल्पबाट बन्द गर्न सकिन्छ। प्रोफाइलका ऐच्छिक रुचि वा देशजस्ता विवरण सहमति भए मात्र सहवासको marketing छनोट वा योजना बनाउन प्रयोग हुन्छन्। खाता खोल्नु वा verification माग्नु marketing सहमति होइन।

Cookies र browser storage

Login session र Google login को सुरक्षाका लागि आवश्यक cookies प्रयोग हुन्छन्। १८+ पुष्टि, पढाइको रूप, संग्रह र प्रगति browser मा सम्झिइन्छन्। टिप्पणीको नाम र ऐच्छिक इमेल सम्झने सुविधा सक्षम हुँदा त्यही browser को local storage मा रहन्छ; फर्मको “सम्झिएको विवरण हटाउनुहोस्” वा browser settings बाट हटाउन सकिन्छ। साझा उपकरणमा सम्झिएको नाम र इमेल अरू प्रयोगकर्ताले देख्न सक्छन्। इमेल लेखेकै भरमा अर्को खातामा पहुँच वा पहिचान प्रमाणित हुँदैन।

बाह्य सेवाहरू

Google login रोज्दा Google सँग जडान हुन्छ। AI आवरण बनाउन लेखकले Generate थिच्दा छानिएको शीर्षक, छोटो कथासार र निर्देशन configured OpenAI सेवामा जान्छ। Newsletter delivery configured WordPress/SMTP वा Resend सेवा र hosting बाट हुन्छ; उनीहरूलाई delivery का लागि इमेल र सन्देश आवश्यक हुन्छ। Google Fonts सक्षम हुँदा font लिन Google सँग प्राविधिक जडान हुन्छ; सञ्चालकले यसलाई बन्द गर्न सक्छन्। यी सेवाको प्रशोधन र भण्डारण उनीहरूका लागू नीति र सम्झौताअनुसार हुन्छ र अर्को देशमा हुन सक्छ।

सम्बन्धित नीति: Google, OpenAIResend

भण्डारण, पहुँच र तपाईंका विकल्प

खाता र प्रकाशित सामग्री सेवा उपलब्ध गराउन रहन्छन्। निजी अनुरोध, सहमति र delivery अभिलेख सञ्चालन, दुरुपयोग नियन्त्रण तथा अनुरोध सम्बोधनका लागि रहन सक्छन्; सबै रेकर्ड स्वतः निश्चित दिनमा मेटिँदैनन्। पहुँच कामका लागि आवश्यक अधिकार भएका सञ्चालकमा सीमित हुन्छ। Backup मा केही विवरण hosting को backup चक्र पूरा नभएसम्म रहन सक्छन्।

आफ्नो सार्वजनिक नाम र परिचय सम्पादन गर्न, marketing सहमति फिर्ता लिन, newsletter बन्द गर्न तथा आफ्नो जानकारीको प्रतिलिपि, सुधार वा मेटाउने अनुरोध गर्न सक्नुहुन्छ। खाता वा जानकारी हटाउँदा अरूका अधिकार, सार्वजनिक कुराकानी र आवश्यक अभिलेखको संरक्षण पनि विचार गरिन्छ। अनुरोध पठाउँदा password, API key वा परिचयपत्रको अनावश्यक प्रति नपठाउनुहोस्।

१८ वर्षभन्दा कम उमेर

यो सेवा १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि होइन। तपाईं १८ वर्षभन्दा कम हुनुहुन्छ भने प्रवेश, खाता, टिप्पणी वा subscription नगर्नुहोस्। नाबालिगको जानकारी गल्तीले आएको थाहा भए हामीलाई सम्पर्क गर्नुहोस्। प्रवेशको १८+ बटन उमेरको स्वघोषणा हो, परिचयपत्र जाँच होइन।

सम्पर्क र परिवर्तन

गोपनीयता, जानकारीको प्रतिलिपि वा हटाउने अनुरोधका लागि सम्पर्क फारम मा गोपनीयतासम्बन्धी विषय रोज्नुहोस्। सेवामा परिवर्तन हुँदा यो नीति अद्यावधिक हुन सक्छ; पछिल्लो नीति यही पानामा उपलब्ध हुन्छ।

नयाँ कथासँग फेरि भेटौँ।

तपाईंले रोजेका कथा, साप्ताहिक पढ्ने निम्तो।

इमेलमा निम्तो पाउनुहोस् →

आफ्नै सहजतामा

पढाइ मिलाउनुहोस्

आँखालाई सहज। मनलाई शान्त।

यसरी देखिन्छ

कथासँग केही बेर।

झ्यालबाहिर साँझ बिस्तारै ओर्लँदै थियो। पुरानो किताबको पानामा एउटा अधुरो चिठी भेटियो। केही शब्दहरू समयसँगै हराउँदैनन्, मनको कुनै कुनामा चुपचाप बसिरहन्छन्।

कथा पढ्ने आफ्नै लय हुन्छ। यो पाना तपाईंको सहजतामा मिलाउनुहोस्।

नमुना पाठ · तपाईंका सेटिङ यही ब्राउजरमा रहन्छन्।

आफ्नो रोजाइको कथा

के पढ्न चाहनुहुन्छ?

कथा, लेखक वा विषय खोज्नुहोस्।